वायुसेवाका तीनवटै अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आयो, न्यारोबडी दोहा उड्यो

वायुसेवाका तीनवटै अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आयो, न्यारोबडी दोहा उड्यो

काठमाडौँ :नेपाल वायुसेवा निगमको  अन्तर्राष्ट्रिय उडानका तीनवटै विमान सञ्चालनमा आएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुई वटा ‘न्यारोबडी’ विमान नियमित उडानमा छन्। एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर आइतबार बेलुकीबाट उडानमा ल्याइएको उनले जानकारी दिए।

‘शनिवार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी विमान नियमित उडानमा छन्। एउटा वाइडबडी विमान पनि मर्मतपछि आजै (आइतबार) बाट उडानमा आएको छ। आज आइतबार बेलुका दोहाका लागि उडान भरेर भोलि सोमबार विमान जापान उडान भर्ने तालिका छ’, प्रवक्ता पौडेलले भने।

निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप निगमका विमान नियमित मर्मत सम्भार गर्ने गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

‘यसका बाबजुद कहिलेकाहीँ विमानमा आकस्मिक प्राविधिक समस्या आउन सक्ने हुँदा तोकिएको मापदण्डभित्र रही मर्मतसम्भारपश्चात् नियमित उडान सञ्चालन गर्नु अन्तर्राष्ट्रिय अभ्यास रहिआएको छ। समस्याको प्रकृति र उपलब्ध साधन स्रोतको आधारमा सामान्यतः विमान केही समयभित्र नै मर्मत सम्भार सकेर उडानयोग्य हुन्छ 

कात्तिक ३, २०८१ आइतबार २१:३०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।