नेप्से ओरालोमा, कारोबार रकम आठ अर्ब

नेप्से ओरालोमा, कारोबार रकम आठ अर्ब

काठमाडौँ : आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा बन्द भएको छ।

आइतबार विभिन्न कम्पनीका दुई करोड आठ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ दशमलव १२ मा कारोबार भएका छन्।

आइतबारको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फण्डको सूचक स्थिर छ।

आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।

आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, नगादी ग्रुप पावर लिमिटेडको नौ दशमलव ८९ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ।

इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशत, गुडविल फाइनान्स लिमिटेडको आठ दशमलव ४१ प्रतिशत, एनआइसी एसिया ऋणपत्र २०८२/८३ को पाँच दशमलव ८३ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ।    

कात्तिक ३, २०८१ आइतबार १५:५०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।