मन्त्री सिंहका सय दिन : धरहरा संचालन गर्नु नै महत्वपूर्ण उपलब्धि !

मन्त्री सिंहका सय दिन : धरहरा संचालन गर्नु नै महत्वपूर्ण उपलब्धि !

काठमाडौं : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनका उपलब्धिहरू सार्वजनिक गरेका छन्। आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धिहरूलाई बुँदागत रूपमा सार्वजनिक गरे।

सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि पनि जनाए। 

उनले धरहरा परिसरमा वेसमेन्ट पार्किङ र बगैंचा निर्माण गरी संविधान दिवसका दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको स्मरण गराए। 
 
प्राकृतिक विपत्तिमा परेका नागरिकहरूका लागि आश्रय स्थल उपलब्ध गराएको, विभिन्न जिल्लामा स्वास्थ्य भवन निर्माण गरेको, जाजरकोट र रूकुमपूर्वमा भुकम्पबाट क्षतिग्रस्त भवन तथा स्वास्थ्य भवनहरूको पुनर्निर्माण गरेको, भैंसेपाटीमा मन्त्री आवाज निर्माण सम्पन्न गरी बसोबास सुरू गरिएको, झापाको दमकमा दमक व्यापारिक कम्प्लेक्स र चितवनमा सौराहा सभाहल निर्माण सम्पन्न गरेको जानकारी गराइयो।

त्यस्तै थापाथलीस्थिति नेपाल राष्ट्र बैंकको बैंकिङ्ग कार्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको साथै २५ वटा पालिकहरुको प्रशासकीय भवन निर्माण सम्पनलगायतका कामलाई आफ्नो १०० दिने कार्यकालको महत्वपूर्ण कामको रूपमा लिएको मन्त्री सिंहले सुनाए।  

कात्तिक ४, २०८१ आइतबार १३:५८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।