सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

काठमाडौं : साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

आइतबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रूपैयाँ तोकेको छ। यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ। 

शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज ९५ रूपैयाँले  बढेर २ हजार ७५ रूपैयाँमा कारोबार भइरहेको छ।   

कात्तिक ३, २०८१ आइतबार ११:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।