नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा

नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा

काठमाडौं : नेपाल र अमेरिकाको टी-२० आई सिरिजअन्तर्गतको दोस्रो खेल सुपरओभरमा गएको छ। 

सुरूमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको हो।

पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोड्यो। 

अमेरिकाका लागि आन्द्रेस गसले अर्धशतक प्रहार गरे। नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्समा आबद्ध भइसकेका उनले अन्तिम ओभरको दुई बल बाँकी छँदा आउट हुनुअघि ६२ रन जोडे। 

त्यसअघि नेपालले दोस्रो ओभरमै अमेरिकाका ओपनर तथा कप्तान मोनाक पटेललाई १ रनमा आउट गरेको थियो। उनलाई करण केसीले दोस्रो ओभरको करण केसीले बोल्ड गरेका थिए।

बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए। 

कात्तिक ३, २०८१ आइतबार ०९:४४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।