यू-१९ राष्ट्रिय क्रिकेटको लागि खेलाडी बन्द प्रशिक्षणमा

यू-१९ राष्ट्रिय क्रिकेटको लागि खेलाडी बन्द प्रशिक्षणमा

बैतडी : नरेश श्रेष्ठ स्मृति यू–१९ पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन्।

डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख दीपेन्द्र भण्डारीले बताए।

प्रतियोगिता कात्तिक १० देखि विराटनगरमा हुँदैछ। कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुनेछ।

प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए। 

प्रतियोगिताको अन्तिम खेल कात्तिक २१ मा हुनेछ।  

कात्तिक ३, २०८१ आइतबार ०९:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।