नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशलको सानदार ब्याटिङ

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशलको सानदार ब्याटिङ

काठमाडौं : सयुंक्त राज्य अमेरिकामा जारी तीन खेलको टी-२० आई श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ।

टेक्सासस्थित ग्रान्ड प्रेरि रंगशालामा आइतबार पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको बनायो। 

नेपालका कुशल भूर्तेलले सानदार ब्याटिङ गर्दै अविजित ९२ रन बनाए । त्यस्तै, करण केसी ६ रनमा अविजित रहे। 

यस्तैगरी, अनिल साहले २५, गुल्शन झाले १९, कप्तान रोहित कुमार पौडेलले १८, दीपेन्द्र सिंहले २ र आसिफ शेखले १ रनको योगदान दिए। 

अमेरिकाका लागि भने नोशथुश केन्जिन्गे र जसदीप सिंहले २ तथा सौरभ नेत्रभाल्करले १/१ विकेट लिए। अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।  

कात्तिक ३, २०८१ आइतबार ०८:३०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।