एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउबारे पनि छलफल हुने

एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउबारे पनि छलफल हुने

काठमाडौं : एमालेको सचिवालय बैठक आज बस्दै छ। 

साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक छलफल हुने बुझिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन्। बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन्। 

कात्तिक ४, २०८१ आइतबार ०७:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।