ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने प्रधानमन्त्रीको फेसबुकमा घोषणा

ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने प्रधानमन्त्रीको फेसबुकमा घोषणा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन्। 

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भनेका छन्। सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ। 

'यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ देखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरू हुनेछ', उनले लेखेका छन्। 

नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ।

कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उनको दाबी छ।  

कात्तिक २, २०८१ शनिबार २१:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।