सातदोबाटोमा तार ‘सट’ भई रोकेर राखेको बसमा आगलागी

सातदोबाटोमा तार ‘सट’ भई रोकेर राखेको बसमा आगलागी

काठमाडौं : ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ। 

ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको  बा४ख १०६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी एसपी रवरत्न पौडेलले बताए। 

उनका अनुसार सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको हो। 

बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो। 

आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ।  

कात्तिक ३, २०८१ शनिबार २१:३१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।