शुक्रबार ०७ मंसिर, २०८१
प्यालेस्टाइन-इजरायली द्वन्द्व : मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार नाघ्यो
एजेन्सी : गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुगेको छ।
पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ।
पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ।
२०२३ अक्टोबर यता प्यालेस्टाइन-इजरायली द्वन्द्वमा १० हजार बढी घाइते भएका छन्। (सीसीटिभीप्लस/एनएनबी)
कात्तिक ३, २०८१ शनिबार १६:३०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।