क्षमताभन्दा बढी यात्रु बोकेको जीप नवलपरासीमा दुर्घटना, दुई जनाको मृत्यु, २८ जना घाइते

क्षमताभन्दा बढी यात्रु बोकेको जीप नवलपरासीमा दुर्घटना, दुई जनाको मृत्यु, २८ जना घाइते

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन्।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती-१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त दुर्घटना भएको हो। 

अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ। घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्याएको छ। 

क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन।   

कात्तिक ३, २०८१ शनिबार १५:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।