सात दिनदेखि हेटौंडाको पल्पसा प्याराडाइज होटलमा बस्दै आएका चाबहिलका एक पुरूष मृत भेटिए

सात दिनदेखि हेटौंडाको पल्पसा प्याराडाइज होटलमा बस्दै आएका चाबहिलका एक पुरूष मृत भेटिए

काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका एक जना पुरूष होटलमा मृत फेला परेका छन्। 

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटलको कोठामा काठमाडौं महानगरपालिका-७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका छन्। 

उनी गत असोज २७ देखि होटलको तेस्रो तल्लाको ४०५ नम्बर कोठामा बसिरहेका थिए।

कार्तिक २ को दिउँसो करिब ४ बजे मानन्धरका साथीहरूले फोन गर्दा नउठेपछि होटलमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। 

प्रारम्भिक अनुसन्धानबाट मानन्धर मामाघर आएको र पहिले पनि हेटौडा आउँदा सोही होटलमा बस्ने गरेको खुलेको छ। मृतकको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ। 

घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक ३, २०८१ शनिबार १४:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।