इजरायली प्रधानमन्त्रीको निजी निवासलाई लक्षित गर्दै ड्रोन आक्रमण

इजरायली प्रधानमन्त्रीको निजी निवासलाई लक्षित गर्दै ड्रोन आक्रमण

एजेन्सी : लेबनानबाट भएको ड्रोन आक्रमणमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ।

शिजरिया क्षेत्रमा रहेको नेतन्याहुको निजी निवासमा लेबनानबाट तीन वटा ड्रोन आक्रमण भएको इजरायली सरकारका प्रवक्ताले जानकारी दिए।

उनका अनुसार आक्रमणको समयमा प्रधानमन्त्री नेतन्याहु र उनकी श्रीमती घरमा थिएनन्। आक्रमणबाट मानवीय क्षति नभएको इजरायली सरकारले जनाएको छ।

तीनमध्ये एउटा ड्रोनले नेतन्याहुको निजी निवासलाई निशाना बनाएको थियो भने अन्य दुईलाई इजरायलले रोकेको थियो। आक्रमणबाट निजी निवासका केही हिस्सामा क्षति पुगेको छ।

यसअघि इजरायली रक्षा बल (आईडीएफ)ले शुक्रबार राति करिब २० वटा मिसाइल लेबनानबाट इजरायलमा प्रवेश गरेको जानकारी दिएको थियो। यी मध्ये केही मिसाइलहरू रोकिएका छन् भने केही खुला ठाउँमा खसेको आइडीएफले जनाएको छ।

हिजबुल्लाहले शुक्रबार राति एक टेलिग्राम पोष्टमा इजरायलको उत्तरी क्षेत्रहरू, सफेद, मलाकिया र एविविममा धेरै रकेटहरू प्रहार गरेको जानकारी गराएको थियो।

कात्तिक २, २०८१ शनिबार १४:०४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।