याह्या सिनवारको मृत्युपछि पहिलो पटक बोलेका इरानी नेताले भने- ‘हमास जीवित थियो र जीवित नै रहनेछ’

याह्या सिनवारको मृत्युपछि पहिलो पटक बोलेका इरानी नेताले भने- ‘हमास जीवित थियो र जीवित नै रहनेछ’

एजेन्सी : याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन्।

उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मार्फत भनेका छन्, ‘हमास जीवित थियो र जीवित रहनेछ। कमाण्डर याह्या सिन्वार आफ्ना सहिद साथीहरूसँग सामेल भएका छन्।’

उनले थपे, ‘जसले आफ्नो जीवनभर क्रूर शत्रुसँग लड्यो, उसका लागि सहादतभन्दा ठूलो कुरा केही हुन सक्दैन।’

याह्या सिनवार हमासका शीर्ष नेता एवं राजनीतिक प्रमुख थिए। उनको हालै भएको इजरायली आक्रमणमा मृत्यु भएको थियो।

इरानका सर्वोच्च नेताले खामेनीले सदा झैँ आफूहरू प्यालेस्टिनी मुजाहिदीन र योद्धाहरूको साथमा रहेको बताए।

साथै उनले सिनवारको मृत्यु प्रतिरोधी मोर्चाका लागि दुःखद भएको भन्दै परिवार, साथी र आफन्तप्रति समवेदना व्यक्त गरे।

उनले अगाडि भने, ‘शेख अहमद यासिन, फताही शाककी, रन्तिसी र इस्माइल हनियापछि पनि यो मोर्चा रोकिएको छैन र यो याह्या सिनवारको मृत्युपछि पनि अगाडि बढ्नेछ।’

कात्तिक २, २०८१ शनिबार १३:५३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।