न्युजिल्यान्डविरुद्ध सर्फराजले मेडन शतक बनाउँदा ऋषभ पन्तले बनाए अर्धशतक

न्युजिल्यान्डविरुद्ध सर्फराजले मेडन शतक बनाउँदा ऋषभ पन्तले बनाए अर्धशतक

काठमाडौं : ऋषभ पन्तले भारत र न्युजिल्याण्डबीचको पहिलो टेस्ट म्याचको चौथो दिनमा आफ्नो अर्धशतक पनि पूरा गरेका छन्।

चौथो दिन सर्फराज खानलाई साथ दिन आएका ऋषभ पन्तले आक्रामक ब्याटिङ गर्दै ५६ बलमा अर्धशतक पूरा गरे। यो इनिङ्समा पन्तले पाँच चौका र तीन छक्का प्रहार गरे।

बैंगलोरमा जारी टेस्ट म्याचको तेस्रो दिन ऋषभ पन्त पनि घाइते हुँदा दिनभर खेलबाहिर रहेका थिए। चौथो दिनमा भने उनी ब्याटिङ गर्न आएका हुन्।

यसैबीच पन्त अर्धशतक बनाएसँगै खेल वर्षाका कारण रोकिएको छ।

खेल रोकिनुअघि चौथो दिनको खेल सुरु हुनासाथ क्रिजमा रहेका सरफराज खानले पनि आक्रामक ब्याटिङ गर्दै पहिलो शतक पूरा गरेका हुन्।

सर्फराज खानको अन्तर्राष्ट्रिय क्रिकेट करियरको यो पहिलो शतक हो। खेल रोकिनुअघि उनले १५४ बलमा १६ चौका र तीन छक्काको मद्दतमा १२५ रन बनाएका छन्।

वर्षाका कारण खेल रोकिएको समय भारतले तीन विकेट गुमाएर ३ सय ४४ रन बनाएको थियो। यो अवस्थामा भारतीय टोली भारतीय टोली अहिले न्युजिल्यान्डभन्दा १२ रन मात्र पछाडि छ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले पहिलो इनिङ्समा ४६ रनमा अलआउट हुँदा न्युजिल्यान्डले ४०२ रन बनाएको थियो।

कात्तिक २, २०८१ शनिबार १३:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।