फिल्म ‘ह्रस्व दीर्घ’को टिजरले किन सम्झायो साउथको फिल्म ‘मगधिरा’?

फिल्म ‘ह्रस्व दीर्घ’को टिजरले किन सम्झायो साउथको फिल्म ‘मगधिरा’?

काठमाडौं : साउथको हल्का एक्सन अनि भोजपुरी फिल्मको जस्तै छेउ न टुप्पो मिल्ने कथामा बनेको फिल्म ‘१२ गाउँ’को व्यावसायिक सफलतापछि झट्ट याद आयो फिल्म ‘ह्रस्व दीर्घ’को।

हरिहर अधिकारी अनि निता ढुंगानाले बढो मिहिनेतका साथ बनाएको फिल्म दक्षिण भारतीय फिल्मका स्टार कलाकारहरू नै छन्।

हरिहर र नीता र मुख्य भूमिकामा हुने नै भए, रेखा थापादेखि विपना थापासम्मको अभिनय रहेको यो फिल्मको गीतहरू हेरे पनि टिजर हेरिएको थिएन।

जब टिजर हेरियो दंग परियो, यो ‘ह्रस्व दीर्घ’कै टिजर हो त भन्या? टिजर कटिङ, कलरिङ, फिल्मका फ्रेमहरू बढो गजबले मिलेको। तर ‘ह्रस्व दीर्घ’को कि दक्षिण भारतकै ‘मगधिरा’ को? कन्फ्युज बनायो।

मगधिरा फिल्म, जसमा रामचरण, काजल अग्रवाल लगायतको अभिनय छ। यो फिल्म युट्युबमै आएको नि टन्नै भइसक्यो।

टिजरमा जति फिल्मको कथा अटाएको छ, त्यसले त उस्तै देखाउँछ त! बिछोडिएको प्रेम जोडीको पुनर्जन्म अनि मिलन हुन गरिने संघर्ष, तान्त्रिक माता, भिलियन, हत्या यस्तै-यस्तै।

लाग्यो, टिजरमा कथा मिल्दोजुल्दो देखिए पनि फिल्म त्यस्तो नहुन पनि सक्छ। यति मिहिनेत गरेर, साउथका त्यति महंगा कलाकारलाई अभिनय गराएर साउथकै कथामा किन फिल्म बनाउँथे र!

लाग्न त लाग्यो, तर टिजरमा समेटिएकै सिनहरू पनि ट्वाक्क मगधिराकै, नायकको अभिनय बाहेक गेटअप पनि राम चरणकै! के यी सबै संयोगै हुन् त?

खै! टिजरले त त्यस्तो देखाएन। पहिलो पटक साउथका यति चर्चित कलाकार लिएर बनेको नेपाली फिल्म साउथकै डिट्टो कपी भयो भने त बिल्ला भइहाल्छ नि! हरिहरको लगानीको बिजोग भइहाल्छ नि! कपी नहोस्... संयोगै होस्।

कात्तिक २, २०८१ शनिबार १२:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।