दुई तला माथिबाट खसेर १५ महिनाको बालकको मृत्यु

दुई तला माथिबाट खसेर १५ महिनाको बालकको मृत्यु

काठमाडौं : रामेछापको शैलुङ गाउँपालिकामा घरको छतबाट खसेर १५ महिनाको बालकको मृत्यु भएको छ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भई रामेछापको दोराम्बा शैलुङ गाउँपालिका-३ थामचौर मामाघर आएका सन्तोष तामाङको १५ महिनाको छोराको दुई तला माथिबाट खसेर मृत्यु भएको हो। उनी खेल्ने क्रममा खसेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ साढे पाँच बजे दुई तला माथिबाट खसेर टाउकोमा गम्भीर चोट लागेका उनको टोकरपुर स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी आई ती बालकको घरमै प्राथमिक उपचार गरेकोमा थप उपचारका लागि मन्थलीको तामाकोशी अस्पताल पुर्याइएको थियो।

त्यहाँ उनको राति पौने नौ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। अहिले मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पतालमा राखिएको छ।

कात्तिक २, २०८१ शनिबार ०९:१३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।