रविलाई पक्राउ गर्न कास्की प्रहरीले पठाएको पत्र ‘ठगी तथा सङ्गठित अपराधको अनुसन्धानका लागि रविलाई पक्राउ गरी पठाउनु’

रविलाई पक्राउ गर्न कास्की प्रहरीले पठाएको पत्र ‘ठगी तथा सङ्गठित अपराधको अनुसन्धानका लागि रविलाई पक्राउ गरी पठाउनु’

काठमाडौँ : ठगी र सङ्गठित अपराधको आरोपमा रवि लामिछाने पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गर्न काठमाडौँमा पठाएको पत्रमा सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गितेन्द्र बाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गरेर पठाउन भनिएको छ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर  अपराध अनुसन्धान शाखामा शुक्रवार पठाएको पत्र अनुसार प्रहरीले उनलाई पार्टी कार्यालयबाटै पक्राउ गर्यो।

पत्रमा कृष्ण प्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पूर्व अध्यक्ष एवं सञ्चालक गितेन्द्र बाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा निम्न नामथर वतन गरेका व्यक्तिलाई पक्राउ गर्न कास्की जिल्ला अदालतबाट अनुमति आएको उल्लेख छ।

अदालतबाट शुक्रवार पक्राउ अनुमति जारी भएकाले प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी कास्की प्रहरीको कार्यालयमा पठाउन भनिएको थियो।

सो पत्रमा लालचन्द्र लामिछानेको छोरा जिल्ला काठमाडौँ काठमाडौँ महानगरपालिका वडा नं. ६ स्थायी वतन भई हाल जिल्ला काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ हात्तिगौडा बस्ने गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक वर्ष ४९ को रवि लामिछाने उल्लेख छ।

सम्बन्धित समाचार

कात्तिक १, २०८१ शुक्रबार १९:२५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।