सहकारी ठगीको आरोपमा रवि लामिछाने पार्टी कार्यालयमा पक्राउ, एसपी बोगटीले टिमले लियो नियन्त्रणमा

सहकारी ठगीको आरोपमा रवि लामिछाने पार्टी कार्यालयमा पक्राउ, एसपी बोगटीले टिमले लियो नियन्त्रणमा
फाइल तस्बिर

काठमाडौँ : गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम ल्याएर अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परे।

शुक्रवार जिल्ला अदालत, कास्कीले पक्राउको अनुमति दिएपछि काठमाडौँमा रहेको रास्वपाको केन्द्रीय कार्यालयमा रहेका रविलाई पक्राउले कार्यालयबाटै पक्राउ गरेको हो।

अदालतको अनुमतिसँगै जिल्ला प्रहरी कार्यालय, कास्कीले रविलाई पक्राउ गरेर पठाइदिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुरोध गरेपछि सिआइबीबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको गएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई शुक्रवारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ। उनलाई पक्राउ गर्न प्रहरी जाँदा रास्वपाका समर्थकहरूले सरकार विरुद्ध नाराबाजी गरेका थिए। पक्राउ पर्नु अगाडि रविले कार्यालयमा भेला भएका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गरेका थिए।

पक्राउ पर्दापर्दै उनले एमाले र कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय भएको बेलामा नै आफूलाई पक्राउ गर्ने तय भएको भन्दै राजनीतिक पूर्वाग्रहमा पक्राउ परेको दाबी गरेका थिए। उनले अदालत प्रक्रियामा सम्मान गर्ने तर राजनीतिक पूर्वाग्रह विरुद्ध खुलेर लड्न भनेका थिए।

 

कात्तिक १, २०८१ शुक्रबार १९:०५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।