कालीमार्सी धान भित्र्याउन व्यस्त जुम्लाका किसान

कालीमार्सी धान भित्र्याउन व्यस्त जुम्लाका किसान
तस्बिर : नेपाल न्युज बैैक

जुम्ला : दशैँ सकिए लगत्तै  जुम्लाका किसान अहिले खेतमा धान भित्र्याउन व्यस्त छन्। जुम्लामा निकै लोकप्रिय जुम्ली कालीमार्सी धान उत्पादन हुन्छ।

किसानहरू अहिले मार्सी धान भित्र्याउन व्यस्त छन्। जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ।

नेपालीहरूको सबैभन्दा ठुलो पर्व बडादशैं सकिए लगत्तै जुम्लाका कृषकहरू बिहान ६ बजेदेखि बेलुकासम्म कालिमार्सी धान भित्र्याउन व्यस्त छन्। 

कात्तिक १, २०८१ शुक्रबार १७:००:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।