साफ च्याम्पियनसिपमा मालदिभ्स पराजित, श्रीलङ्काले १-० ले जित्यो

साफ च्याम्पियनसिपमा मालदिभ्स पराजित, श्रीलङ्काले १-० ले जित्यो

काठमाडौँ : काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलङ्काले मालदिभ्सलाई १–० ले हराएको छ। खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल श्रीलङ्काका लागि निर्णायक बन्यो।

जितसँगै ३ अङ्क जोडेको श्रीलङ्का समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। शुक्रवारै समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भुटान भिड्दैछन्।

कात्तिक १, २०८१ शुक्रबार १६:५०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।