बल्ल पाए सन्दीपले अमेरिकाको भिसा, शुक्रवारै जाने तयारी

बल्ल पाए सन्दीपले अमेरिकाको भिसा, शुक्रवारै जाने तयारी

काठमाडौँ : निरन्तर भिसा अस्वीकार गर्दै आएको अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। यसअघि दूतावासले पटक-पटक उनलाई भिसा दिन अस्वीकार गरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा अहिले छ। अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच आइसिसी विश्वकप लिग २ प्रतियोगिता हुँदै छ। सन्दीप उक्त प्रतियोगिता खेल्न आज शुक्रवार बेलुका अमेरिका जाने क्यानले जानकारी दिएको छ।

कात्तिक १, २०८१ शुक्रबार १६:२१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।