नेपाली बजारमा भित्रिएको जिडब्लुएमको ओरा ०३ विद्युतीय कारको कति छ मूल्य,कति दिन्छ माइलेज?

नेपाली बजारमा भित्रिएको जिडब्लुएमको ओरा ०३ विद्युतीय कारको कति छ मूल्य,कति दिन्छ माइलेज?

काठमाडौँ : नेपाली सडकमा विद्युतीय गाडीको वर्चस्व बढेसँगै नयाँ ब्रान्ड भित्र्याउने प्रतिस्पर्धा समेत बढेको छ। पेट्रोलियम इन्धनका सवारीसाधनको साटो ग्राहकहरू समेत विद्धुतीय सवारीप्रति आकर्षित भइरहेका छन्। उपभोक्ताको आकर्शणसगैँ नयाँ ब्रान्डका गाडीको डिलरसिप लिनेक्रम पनि बढेको छ। त्यसमा चिनिया ब्रान्ड अगाडि छ।

भिजी इम्पेक्स प्रालिले चिनिया विद्युतीय गाडी जिडब्लुएमको डिलरसिप लिएर अहिले ओरा०३ नेपालको बजारमा भित्र्याएको छ। ओरा ०३ को ब्याट्री क्यापसिटी ४७.७८ किलोवाटको रहेको भिजी इम्पेक्स प्रालिको सेल्स एक्जुकेटिभ रिस्ता खड्काले बताइन्।

जिडब्लुएम नेपाली सडकमा मात्रै नभएर विश्वको विभिन्न देशका सडकमा वर्चस्व बढाउँदै लगेको छ। ओराको ब्रान्ड १६० भन्दा बढी देशमा विक्री भइरहेको छ।

ओराको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ। अर्थात् आठ वर्षको बिचमा १ लाख ५० हजार  किलोमिटर गुडेपछि पनि ब्याट्री पूर्णरुपमा फेर्नुपर्ने अवस्था नहुने र त्यस्तो भएमा कम्पनीमा क्लेम गर्न पाउने व्यवस्था छ।

ओराको नेपाली बजारमा आउने प्रो भेरिएन्ट हो। यसको नेपाली मूल्य ४२ लाख ४९ हजारमा विक्री वितरण भइरहेको छ।

ओराको लुक्स प्रिमियम ब्रान्डको भएको र  मूल्य पनि अन्य विद्युतीय गाडीको तुलनामा सस्तो पर्न गएकोले ग्राहकको रोजाइमा पर्ने खड्का बताउँछिन्।

त्यस्तै, भिजी इम्पेक्स प्रालिले लामो समयदेखि पेट्रोलियम गाडीको समेत विक्री वितरण गरिरहेको छ। पेट्रोलमा ह्र्याबलको एच सिक्स र ह्र्याबल ज्वालाईन नेपाली सडकमा गुडिरहेको छ। पिकअपको सेग्मेन्टको पावर र ह्ङ्गगरको ५ समेत कम्पनीले नेपाली बजारमा ल्याएको छ। हाइब्रिडमा टैंक ३०० र टैंक ५०० नेपाली बजारमा ल्याइसकेको छ। ह्र्याबलको एच.सिक्सको मूल्य १ करोड ९५ हजार पर्छ। ह्र्याबल ज्वालाईनको म्यानुअलको मूल्य ७४ लाख ६५ हजार पर्छ।

त्यस्तै, अटोमेटिकमा भने ८२ लाख ६५ हजार मूल्य पर्छ। साथै, कम्पनीले पिकअपको सेग्मेन्टको ‘पावर’को मूल्य ७५ लाख ९५ हजार, ह्ङ्गगर ५ को मूल्य ५४ लाख ४९ हजार पर्ने कम्पनीले जनाएको छ।

कम्पनीले नेपाली ग्राहकमा माग बमोजिम इलेक्टोनिकमा ओराको अन्य मोडलहरू ल्याउने तयारी गरिरहेको खड्का बताउँछिन्। 

कात्तिक १, २०८१ शुक्रबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।