भारत ४६ रनमा अलआउट भएको टेस्टमा न्युजिल्यान्डले बनायो ४०२ रन

भारत ४६ रनमा अलआउट भएको टेस्टमा न्युजिल्यान्डले बनायो ४०२ रन

एजेन्सी : भारतविरुद्धकोकाे पहिलो टेस्टमा पाहुना टोली न्युजिल्यान्डले पहिलो इनिङ्समा ४ सय २ रन बनाएको छ।

योसँगै न्यूजिल्याण्डले भारतमाथि ३५६ रनको अग्रता बनाएको छ।

न्युजिल्याण्डका लागि रचिन रविन्द्रले शतक प्रहार गर्दै सर्वाधिक १३४ रन बनाए। रविन्द्रले १५७ बलमा १३ चौका र ४ छक्का प्रहार गरेका छन्।

यसबाहेक ओपनर डेभन कोनवेले ९१ रन र टिम साउथीले ६५ रन बनाए।

भारतका लागि कुलदीप यादव र रविन्द्र जडेजाले तीन–तीन विकेट लिए।

यसअघि पहिलो टेस्टको दोस्रो दिन ब्याटिङ गर्दा भारतीय टोली ४६ रनमा मात्र सिमित भएको थियो।

यो टेस्ट क्रिकेटमा भारतको तेस्रो कम स्कोर पनि हो।

भारत र न्यूजिल्याण्डबीचको पहिलो टेस्टको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएपछि दोस्रो दिनबाट शुरू भएको थियो।

४६ रनमा अलआउट भएपछि कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोज्नु आफ्नो गलत निर्णय भएको स्वीकारेका थिए।

कात्तिक १, २०८१ शुक्रबार १४:०३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।