ट्रम्पमाथि भएकाे आक्रमणपछि बनेको छानबिन समितिको निष्कर्ष सार्वजनिक, सिक्रेट सर्भिसलाई तत्काल सच्चिन सुझाव

ट्रम्पमाथि भएकाे आक्रमणपछि बनेको छानबिन समितिको निष्कर्ष सार्वजनिक, सिक्रेट सर्भिसलाई तत्काल सच्चिन सुझाव

एजेन्सी : अमेरिकी सिक्रेट सर्भिसको काम कारबाहीमाथि नजर राखेर जारी भएको एक प्रतिवेदनमा यसमा धेरै कमीकमजोरी रहेकाले तत्काल सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ।

यी त्रुटीहरूलाई छिट्टै नसच्याइए पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएका जस्ता आक्रमणका घटनाहरू भविष्यमा पनि जारी रहने उक्त छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

गत जुलाईमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोलीकाण्डको अनुसन्धान एक स्वतन्त्र छानबिन समिति गठन भएको थियो। समितिले बिहीबार आफ्नो अनुसन्धानको नतिजा सार्वजनिक गरेको हो।

यो अनुसन्धानको नतिजाले अमेरिकी सिक्रेट सर्भिसमा कर्मचारीतन्त्र बढेको र यस संस्थामा कुनै सुधार नभएको देखाएको छ।

प्यानलले आफ्नो ५२ पृष्ठको प्रतिवेदनमा भनेकाे छ, ‘सिक्रेट सर्भिसमा आमूल परिवर्तनको आवश्यकता छ। यही संस्थाको असफलताका कारण डोनाल्ड ट्रम्पमाथि आक्रमण भएको थियो।’

सिक्रेट सर्भिसले डोनाल्ड ट्रम्पमाथि गोली चलाएको घटनामा आफ्नो गल्ती स्वीकार गरेको थियो। घटना भएको केही दिनमै संस्थाका निर्देशकले पनि राजीनामा दिएका थिए।

कात्तिक १, २०८१ शुक्रबार १३:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।