पक्राउको भयमा रवि, प्रतिपक्षी दलको बैठकमा आधा दर्जन नेता लिएर गए

पक्राउको भयमा रवि, प्रतिपक्षी दलको बैठकमा आधा दर्जन नेता लिएर गए

काठमाडौं : सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको छलफलको भोलिपल्ट शुक्रवार बसेको प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने दलका आधा दर्जन नेता सहित सहभागी भए।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र लोसपाबाट एक-एक नेता सहभागी छन्। रवि भने उपाभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी भए।

बैठकको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। माओवादीबाट शक्ती बस्नेत सहभागी छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपाका महन्थ ठाकुर, राप्रपाका राजेन्द्र लिङदेन अनि प्रभु साह सहभागी बैठकमा रास्वपा भने डफ्फासहित देखिन्छन्।

दशैं सकिएपछि सहकारी ठगीको अनुसन्धानका लागि रास्वपा सभापति रविलाई पक्राउ गर्ने रणनीतिमा सरकार रहेको भन्दै रास्वपाकै आग्रहमा बैठक राखिएको एक नेताले बताए। बैठक रविको पक्राउमै केन्द्रित रहेको ती नेताले बताए।

कात्तिक १, २०८१ शुक्रबार ११:३४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।