एकै दिन दुई हजारले बढ्यो सुनको भाउ, हरेक दिन रेकर्ड ब्रेक

एकै दिन दुई हजारले बढ्यो सुनको भाउ, हरेक दिन रेकर्ड ब्रेक

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयाँ तोकेको छ।

यसअघि बिहीबार सुनको मूल्य एक लाख ६२ हजार चार सय रूपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ।

बिहीबार तोलामा एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

कात्तिक १, २०८१ शुक्रबार ११:०८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।