अमेरिकाविरुद्धको पहिलो टी-२० दीपेन्द्रसिंह ऐरी बने ‘प्लेयर अफ दि म्याच’

अमेरिकाविरुद्धको पहिलो टी-२० दीपेन्द्रसिंह ऐरी बने ‘प्लेयर अफ दि म्याच’

काठमाडौं : नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टी-२० खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन्।

अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन्।

ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन बनाएका थिए।

बलिङ तर्फ ३ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिएका थिए। फिल्डिङतर्फ १ खेलाडीलाई रन आउट समेत गरेका थिए। टी-२० आईमा दीपेन्द्रको यो नवौं प्लेयर अफ द म्याच भएका हुन्।

कात्तिक १, २०८१ शुक्रबार १०:३५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।