अमेरिकाको चौथो विकेट पतन, गुल्सनले लिए एन्ड्रिजको विकेट

अमेरिकाको चौथो विकेट पतन, गुल्सनले लिए एन्ड्रिजको विकेट

काठमाडौं : नेपालविरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा अमेरिकाले चार विकेट गुमाएको छ।

एघारौं ओभरको पहिलो बलमा गुल्सन झाले एन्ड्रिज गोइजको विकेट लिएपछि अमेरिकाको चौथो विकेट पतन भएको हो। एन्ड्रिजको प्रहार गरको बललाई अनिल शाहले समातेका थिए।

यसअघि करण केसी र रिजन ढकालले एक-एक विकेट लिँदा एरन जोनसनलाई दीपेन्द्रसिंह ऐरी र आशिफ शेखले रनआउट गरेका थिए।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २८ तथा अनिल शाह र आशिफ शेखले समान २७-२७ रन बनाए।

त्यसबाहेक गुल्सन झा ११, कुशल भुर्तेल १०, सोमपाल कामीले दुई रन बनाउँदा आरिफ शेख, करण केसी र सागर ढकालले एक रन पनि जोड्न सकेनन्।

अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदीप सिंह र हरमित सिंहले समान दुई(दुई विकेट लिँदा अली खान र नोसथस केन्जीले समान एक(एक विकेट लिए।

सुरुवात र मध्य क्रममा राम्रो खेलेको नेपालले अन्तिम आठ बलमा पाँच विकेट गुमायो।

कात्तिक १, २०८१ शुक्रबार ०८:४०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।