दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनल प्रवेश

दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनल प्रवेश

काठमाडौं : दक्षिण अफ्रिका लगातार महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरमा दोस्रो बलमा पूरा गयो।

कप्तान लाउरा उल्भराड तथा अनाके बोस्कले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे। उमन अफ द म्याच घोषित बोस्कले अविजित रहँदै ४८ बलमा ७४ रन जोडिन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १३४ रनको योगफल खडा गरेको थियो।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका लागि बेथ मोनीले ४२ बलमा ४४ र एलाइस पेरीले २३ बलमा ३१ रन जोडे।

कसिलो बलिङ गरेका दक्षिण अफ्रिकाका कारिजेन काप तथा आयाकबोङवा खाकाले ४ ओभरमा २४ रन मात्र खर्चिए। खाकाले २ तथा कापले १ विकेट लिए।

दक्षिण अफ्रिकाले उपाधिका लागि न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको विजेतासँग खेल्ने छ।

कात्तिक १, २०८१ शुक्रबार ०७:५३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।