अन्तिम आठ बलमा पाँच रन जोड्न पाँच विकेट गुमाएको नेपाल

अन्तिम आठ बलमा पाँच रन जोड्न पाँच विकेट गुमाएको नेपाल

काठमाडौं : अमेरिकाविरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपालले अन्तिम आठ बलमा पाँच विकेट गुमाएको छ।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पेरि स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल अन्तिममा सम्हालिन सकेन। जसकारण निर्धारित ओभरमा नौ विकेट गुमाएर १६४ रनमा समेटियो।

सुरुवात राम्रो रहेको नेपालको अन्त्य भने सोहीअनुसार हुन सकेन। १८.४ ओभरमा १५९ रन बनाउँदा चार विकेट गुमाएको नेपालले थप पाँच रन जोड्न पाँच विकेट गुमायो।

१८.५ ओभरमा सौरभ नेत्रभालकरले दीपेन्द्रसिंह ऐरीको विकेट लिएकोमा लगत्तै अर्को बलमा करण केसीलाई आउट गरे।

त्यसपछि १९.१ ओभरमा १ रन जोडेको नेपालका लागि सोही ओभरको दोस्रो बलमा आरिफ शेख आउट भए। त्यसपछि आएका सोमपाल कामीले तेस्रो बलमा दुई रन लिए।

तर, चौथो बलमा सोमपाल कामी पनि आउट भए। त्यसपछि आएका सागर ढकालले बाइको रुपमा एक रन लिए पनि अन्तिम बलमा कप्तान रोहित पौडेल ४९ रनमा रनआउट हुन पुगे।

कात्तिक १, २०८१ शुक्रबार ०७:४०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।