अन्त्यमा सम्हालिन नसक्दा १६४ मा रोकियो नेपाल

अन्त्यमा सम्हालिन नसक्दा १६४ मा रोकियो नेपाल

काठमाडौं : अमेरिकाविरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई १६५ रनको लक्ष्य दिएको छ।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २८ तथा अनिल शाह र आशिफ शेखले समान २७-२७ रन बनाए।

त्यसबाहेक गुल्सन झा ११, कुशल भुर्तेल १०, सोमपाल कामीले दुई रन बनाउँदा आरिफ शेख, करण केसी र सागर ढकालले एक रन पनि जोड्न सकेनन्।

अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदीप सिंह र हरमित सिंहले समान दुई-दुई विकेट लिँदा अली खान र नोसथस केन्जीले समान एक-एक विकेट लिए।

सुरुवात र मध्य क्रममा राम्रो खेलेको नेपालले अन्तिम आठ बलमा पाँच विकेट गुमायो।

अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

दुई टोलीबीचको अर्को दुई खेल आइतबार र सोमबार विहान पौने ६ बजे हुनेछ।

कात्तिक १, २०८१ शुक्रबार ०७:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।