धार्मिक हिंसाका आरोपी नेपालतिर भाग्दै थिए, प्रहरीले गोली हानेर समात्यो

धार्मिक हिंसाका आरोपी नेपालतिर भाग्दै थिए, प्रहरीले गोली हानेर समात्यो

एजेन्सी : भारतको उत्तर प्रदेशमा भएको धार्मिक हिंसाका दुई आरोपी नेपाल प्रवेश गर्ने तयारीमा थिए। तर उनीहरूलाई भारतीय प्रहरीले गोली हानेर उतै समातेको छ।

उत्तर प्रदेशको बहराइचमा दुर्गाको प्रतिमा विसर्जनको समयमा गोली हानेर गोपाल मिश्राक हत्या भएसँगै साम्प्रदायिक हिंसा सुरु भएको थियो।

मिश्राको हत्यासँगै बहराइचमा भड्किएको हिंसामा आगजनी भएको थियो। आगजनीमा संलग्न रहेको आरोपमा ५५ जना पक्राउ परिसकेका छन्। हत्यामा संलग्न पाँच जनामध्ये सर्फराज र तालिबलाई प्रहरीले गोली हानेर पक्राउ गरियो।

भारतीय समाचार एजेन्सी पीटीआइका अनुसार यी दुवै सहित पाँच जना नेपाल भाग्ने तयारीमा थिए। दुई जनालाई गोली हानेर प्रहरीले पाँचै जनालाई पक्राउ गरेको जानकारी दिएको छ। उत्तर प्रदेशको अतिरिक्त प्रहरी महानिर्देशक (क़ानून-व्यवस्था) अमिताभ यशले पाँच अभियुक्त पक्राउ परेको बताए।

उनले गोली लागेर दुई जना घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताए।

असोज ३०, २०८१ बिहीबार २१:५४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।