निफ्राको उर्जा ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

निफ्राको उर्जा ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं : नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको 'निफ्रा उर्जा ऋणपत्र ६ प्रतिशत' नामको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।   

त्यस सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे। 

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कुल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने बताइएको छ।

असोज ३०, २०८१ बिहीबार २१:४८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।