भारतमा विषाक्त रक्सी खाँदा २० जनाको मृत्यु, आठ जनाविरूद्ध जाहेरी दर्ता

भारतमा विषाक्त रक्सी खाँदा २० जनाको मृत्यु, आठ जनाविरूद्ध जाहेरी दर्ता

एजेन्सी : भारतको उत्तरी राज्य बिहारमा विषाक्त रक्सी सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ।

बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारका अनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरिएको बताए। 

उनका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छभने आठ जनाविरूद्ध जाहेरी दर्ता गरिएको छ। 

मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त रक्सी पिएपछि उनका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन्। 

विरामीले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक विरामीका आफन्तले बताए।  

असोज ३०, २०८१ बिहीबार १९:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।