चिकित्सा शिक्षा आयोगको निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै केएमसीका विद्यार्थीहरू आन्दोलित

चिकित्सा शिक्षा आयोगको निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै केएमसीका विद्यार्थीहरू आन्दोलित

काठमाडौं : काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरूले आज आन्दोलन गरेका छन्।

चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले ब्यानरसहित आन्दोलन गरेका हुन्।  

आन्दोलनमा उनीहरुले केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर लगायत नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए। 

त्यस क्रममा विद्यार्थीहरूले आन्दोलनमा ईन्टर्नरशिप हो की श्रम शोषण हो भनेर समेत प्रश्न लेखिएको ब्यानर देखाए। 

आन्दोलनमा विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढि पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन्। 

असोज ३०, २०८१ बिहीबार १८:०२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।