अदालतको अपहेलना मुद्दामा सर्वोच्चले बार अध्यक्ष घिमिरेसँग लिखित जवाफ माग्यो

अदालतको अपहेलना मुद्दामा सर्वोच्चले बार अध्यक्ष घिमिरेसँग लिखित जवाफ माग्यो

काठमाडौं : सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग लिखित जवाफ माग गरेको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

अध्यक्ष घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए।

उनले गैरसंवैधानिक न्याय परिषद नियमावली खारेज हुनुपर्ने र न्यायाधीश नियुक्तिमा अनियमितता तथा लेनदेन भएको आरोप लगाउँदै न्यायपालिका भित्रको बिकृति र विसङ्गति अन्त्यको माग गर्दै आएका छन्।

त्यसैलाई इस्यू बनाउँदै सर्वोच्च अदालत प्रशासनले घिमिरेलाई अदालतको अवहेलनाको रुपमा ब्याख्या गर्दै उनीविरूद्ध अवहेलनामा मुद्दा दायर गरेको थियो। 

असोज ३०, २०८१ बिहीबार १७:४२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।