अब सरकारले विदेशमा मृत्यु भएका व्यक्तिको परिवारलाई १० लाख रूपैयाँ दिने

अब सरकारले विदेशमा मृत्यु भएका व्यक्तिको परिवारलाई १० लाख रूपैयाँ दिने

काठमाडौं : असोज १८ मा बसेको मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम बृद्धि हुने भएको छ। 

सरकारले मृत्यु भएका परिवारलाई १० लाख रूपैयाँ दिने भएको छ। नियमावली संशोधन भएपछि सात लाख रूपैंयाँबाट बढाएर १० लाख बनाइएको हो।

वैदेशिक रोजगार बोर्डका अनुसार असोज १८ मा मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको हो। 

वैदेशिक रोजगार नियमावली २०६४ को छैटौं संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो। वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतबापत प्राप्त गर्दै आएका छन्।

सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ। 

असोज ३०, २०८१ बिहीबार १७:१३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।