छक्कापञ्जा ५ : पृथ्वीनारायण शाहको बलमा देशभक्तिको तड्का

‘छक्कापञ्जा ५’ ले शैली बदलेर हास्यरसबाट टाढा गएर गम्भीर सामाजिक मुद्दालाई उठाउने प्रयास गरेको छ, जुन प्रशंसनीय छ। फिल्मले नेपाली समाजमा व्याप्त भ्रष्टाचार र त्यसको विरुद्ध लड्ने व्यक्तिहरूले भोग्नुपर्ने कठिनाइहरूलाई प्रस्तुत गरेको छ।

यद्यपि, फिल्मका केही पक्षहरू जस्तै कथाको गति, सम्पादन, र केही पात्रहरूको विकासमा सुधार गर्न सकिने भए पनि निर्देशकले ध्यान दिन सकेको देखिएन।

पृथ्वीनारायण शाहको बलमा देशभक्तिको तड्का दिन प्रयोग भएको केमियोको चयन निर्देशकको सबैभन्दा कमजोर पक्ष हो। निर्देशकको यो निर्णय फन्टुसै देखिन्छ। फिल्मका यावत् कमजोरीलाई देशभक्तिको लेपनले छोप्ने दीपाश्रीको प्रयास सफल देखिएन। दीपकराजको अभिनयका लागि फिल्म हेर्दा हुन्छ। माग्ने बुढाले हँसाउँछन् नि भनेर हेर्न जाने हो भने चैँ निरासा पक्का।

असोज ३०, २०८१ बिहीबार १६:३९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।