टीआरसी गठनका लागि ‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति
काठमाडौं : सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बन्ने भएको छ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाएको छ।
त्यस विषयमा छलफल गर्न बसेको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए।
कात्तिक १, २०८१ बिहीबार १६:०१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।