न्युजिल्यान्डविरुद्धको टेष्टको पहिलो इनिङमा भारत ४६ रनमा आउट

न्युजिल्यान्डविरुद्धको टेष्टको पहिलो इनिङमा भारत ४६ रनमा आउट

काठमाडौं : न्युजिल्यान्डविरुद्धको पहिलो टेष्ट सिरिजमा घरेलु टोली भारत ४६ रनमा अलआउट भएको छ।

पहिलो दिन वर्षा भएपछि दोस्रो दिनबाट खेल शुरु भएको थियो। टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली ३१.२ ओभरमा ४६ रनमा अलआउट भएको हो।

टेष्ट क्रिकेटमा भारतले भारतमै बनाएको यो नै सबैभन्दा कम स्कोर हो।

भारतका लागि रिसब पन्तले सर्वाधिक २० रन बनाउँदा यसश्वी जयसवालले १३ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विन शून्यमै आउट भए।

न्युजिल्याण्डका लागि म्याट हेनरीले सर्वाधिक पाँच विकेट लिए। योसँगै हेनरीले टेष्ट क्रिकेटमा एक सय विकेटको माइलस्टोन पूरा गरेका छन्।

त्यसबाहेक विलियम वोरोर्केले चार र टीम साउथीले एक विकेट लिए।

अब केहीबेरमा भारतले जवाफी ब्याटिङ गर्नेछ।

असोज ३०, २०८१ बिहीबार १३:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।