दुई अनौठा शर्तसहित पाकिस्तान समर्थक युवकलाई भारतीय अदालतले दियो जमानत

दुई अनौठा शर्तसहित पाकिस्तान समर्थक युवकलाई भारतीय अदालतले दियो जमानत

एजेन्सी : मध्यप्रदेश उच्च अदालतले पाकिस्तान समर्थित नारा लगाएका एक अभियुक्तलाई जमानत दिएको छ। तर, त्यसका लागि उनले अदालतले तोकेको निश्चित शर्त भने पूरा गर्नुपर्नेछ।

जमानत दिने क्रममा अदालतले ती अभियुक्तलाई भोपाल प्रहरी चौकी पुगेर राष्ट्रिय झण्डालाई २१ पटक सलामी गर्न र महिनामा दुई पटक ‘भारत माता की जय’को नारा लगाउन आदेश दिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

उच्च अदालतमा सुनुवाइ गरिरहेका न्यायाधीश डीके पालीवालले मंगलबार फैसला सुनाउँदै निवेदकलाई देशप्रति जिम्मेवारी र गौरवको भावना जगाउनका लागि केही शर्तमा जमानत दिइएको बताए।

आरोपी फैजल उर्फ ​​फैजानलाई भारतीय दण्ड संहिताको धारा १५३ बी (राष्ट्रिय एकीकरणको लागि प्रतिकूल आरोप) अन्तर्गत एफआईआर दर्ता गरी मे महिनामा गिरफ्तार गरिएको थियो।

कात्तिक १, २०८१ बिहीबार १२:३९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।