प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा जम्मा भएको सो रकम असोज ३० गतेसम्मको हो।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको हो। असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन्।

साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख रुपैयाँ, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि रकम जम्मा गरेका छन्।

असोज ३०, २०८१ बिहीबार १०:२५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।