नारायणी नदी किनारमा मानव कंकाल भेटियो
चिवतन : नारायणी नदी किनारमा मानव कंकाल फेला परेको छ।
भतरपुर महानगरपालिका-१८ हरिहरपार्कस्थित नारायणी नदी किनारमा बुधबार साँझ पौने छ बजे मानव कंकाल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घटनाको जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक तारा प्रसाद रिमालको कमाण्डमा खटिएको टोलीले घटनास्थल सुरक्षा राखेको थियो।
राति पौने आठ बजे उक्त कंकालको मुचुल्कापछि पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
उक्त शव गत असार २८ गते चितवनको सिमतालमा खसेको दुई बसका यात्रु भएको अनुमान समेत गरिएको छ।
कात्तिक १, २०८१ बिहीबार ०९:५६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।