द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

काठमाडौं : बजाज डोमिनार ४०० राइडरहरूको नौ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ।

यो टोली पाँच हजार आठ सय ८३ मिटर उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेबल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको  हो।

‘द ग्रेट हिमालयन ओडिसी’ नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले छ हजार किलोमिटरभन्दा बढीको दुरी पूरा गर्नेछ। बजाज डोमिनार ४०० को यो लद्दाख यात्रा हिजो बिहान नक्सालस्थित बाइकर्स क्याफेबाट शुरू भएको हो।

यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावितको साथै मोटरसाइकल राइडरहरू र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुने कम्पनीले विश्वास लिएको छ।

कार्यक्रममा बजाज मोटरसाइकलका मार्केटिङ हेड अमित राज चालिसेले यस्तो चुनौती सामना गर्न पाउँदा खुसी लागेको बताएका हुन्।

नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले उम्लिङ ला पुग्नु धेरै राइडरहरूको लागि सपना भएको बताएका छन्।

उनले भने, ‘हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौँ र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ। यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो।’

असोज ३०, २०८१ बिहीबार ०८:०७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।