साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
काठमाडौं : सातौं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा शुरू हुँदैछ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ। एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’मा छन् भने समूह ‘बी’मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन्।
प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ। भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ।
कात्तिक १, २०८१ बिहीबार ०७:३६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।