शिवम् होल्डिङ्सले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

शिवम् होल्डिङ्सले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

काठमाडौं : शिवम् होल्डिङ्स लिमिटेडले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। होल्डिङ्सको बुधबारको वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

यो कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी हो। यसमा शिवम् सिमेन्ट्सको करिब ८५ प्रतिशत सेयर लगानी छ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन विवरण पारित गरेको छ।

कम्पनीको आव २०८१/८२ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरू सभाले सर्वसम्मत पारित गरेको छ।

शिवम् होल्डिङ्सको नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ लगानी रहेको होङ्सी शिवम् सिमेन्ट प्रालिमा ३० प्रतिशत सेयर छ।

उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जल विद्युत् परियोजनाहरूमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधीकरणका योजनाहरू अगाडि बढाइएको कम्पनीले जनाएको छ।

त्यसैगरी, शिवम् होल्डिङ्सले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने सेयर सर्वसाधारणहरूलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन दर्ता गरिसकेको जानकारी दिएको छ।

असोज ३०, २०८१ बिहीबार ०७:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।