पाँच प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा हुने

पाँच प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा हुने

काठमाडौं : हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव छ।

जसकारण मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ।

गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ।

कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कात्तिक १, २०८१ बिहीबार ०७:१५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।