जुनसुकै बेला सुक्खा पहिरो झर्ने भएकाले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

जुनसुकै बेला सुक्खा पहिरो झर्ने भएकाले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

काभ्रेपलाञ्चोक : सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ। 

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्रयाक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो।

सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्रयाक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो। 

त्यस सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बिपी राजमार्ग भएर काठमाडौं भित्रिने सवारीसाधनको चाप बढेको छ। 

असोज २९, २०८१ बुधबार २१:३०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।